१ माघ २०८२, बिहिबार | January 15, 2026

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु



सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका-१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० बर्षीय टङक गुरुङ, २८ बर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । दुर्घटनामा बर्जु गाउँपालिका-१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन् ।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको उनले बताए । ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए ।

दुर्घटनामा घाइतेका भएकालाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ६ : १९ बजे

सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका

नेपालगन्ज व्यापार महोत्सवमा दर्शकको घुँइचो

नेपालगन्ज । नेपालगन्जमा जारी आठौ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि,

धादिङमा एक सय हल गोरु जुधाइयो

धादिङ । माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक

शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आपसी सद्भाव, विश्वास तथा सहकार्यका