२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ ।
जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा. राजन भट्टराईले जानकारी दिए । उनले अनुसार चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए ।
“सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भई आएका छन्, हामीले चाँडै नै निर्वाचन क्षेत्रबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाउँछौँ ।”
एमालेले कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । कुनैकुनै निर्वाचन क्षेत्रबाट तीनभन्दा पनि बढी उम्मेदवारको नाम जिल्ला कमिटीले सिफारिस गरी पठाएका उनको भनाइ रहेको छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १२ : १९ बजे

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)

नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका