२ माघ २०८२, शुक्रबार | January 16, 2026

निर्वाचन तोकिएकै समयमा हुन्छ : प्रचण्ड



चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।

भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।”

राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न उनले आग्रह गरे । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।

फरक प्रसङ्गमा संयोजक प्रचण्डले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए । उनले भने “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।”

भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक बताए । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो ।

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिइन। भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको रु २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको रु १९ करोड ८९ लाख तथा महानगरपालिकाको रु ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : १२ बजे

रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा खुले निर्वाचन कार्यालय

बुटवल । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन

निर्वाचन आयोग परिसरमा कांग्रेसका दुवै पक्षको प्रदर्शन

काठमाडौं । निर्वाचन आयोगको कार्यालय परिसरमा नेपाली कांग्रेसका दुवै पक्षले

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

पोखरा । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते

नयाँगाउ माविको ६३ औँ वार्षिकोत्सव सम्पन्न, भारतीय दूतावासको सहयोगमा १२ कोठे भवन शिलान्यास

बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउमा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले ६३

दललाई चुनावी प्रतिष्पर्धामा सहयोग गर्न आचारसंहिता : कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई