१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नयाँगाउ माविको ६३ औँ वार्षिकोत्सव सम्पन्न, भारतीय दूतावासको सहयोगमा १२ कोठे भवन शिलान्यास



बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउमा रहेको नयाँगाउँ माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको १२ कोठे भवनको शिलान्यास तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको सभाहल र दुई कक्षाकोठासहितको भवन उद्घाटन गरिएको हो ।

नयाँ भवन निर्माणका लागि झण्डै साढे ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कुल बजेटको करिब ९० प्रतिशत रकम भारतीय राजदूतावासको सहयोगमा प्राप्त भएको जनाइएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँगाउँ मावि तिनाउ नदीपारिको एक अब्बल सामुदायिक विद्यालयको रूपमा स्थापित हुँदै गएको उल्लेख गरे । विसं २०१९ मा स्थापना भएको विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर र नतिजामा उल्लेखनीय सुधार गर्दै अघि बढिरहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा कुल बजेटको करिब २६ प्रतिशत लगानी गर्दै आएको जानकारी दिए । उनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पूर्वाधार, जनशक्ति र शैक्षिक सुधारका कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको दाबी गरे ।

विद्यालय भवन निर्माणका लागि जग्गा प्राप्तिमा लामो समय लागे पनि छ पटक कार्यपालिका बैठक र चार पटक डेलिगेशन गएपछि मात्र जग्गा प्राप्त भई आज शिलान्यासको चरणमा पुगेको प्रमुख पाण्डेयले बताए । उनले बुटवल मात्र होइन, लुम्बिनी प्रदेशकै अब्बल सामुदायिक विद्यालयका रूपमा नयाँगाउँ माविको नाम अग्रपंक्तिमा आउन थालेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले नेपाल-भारतबीचको मित्रवत् सम्बन्धलाई स्मरण गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गरिएको बताए । उनले नेपालमा शिक्षा क्षेत्रमा लगानी जारी रहेको र युवालाई उद्यमशील बनाउन सहकार्य गर्न समेत तयार रहेको उल्लेख गरे ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले नयाँगाउँ माविको शैक्षिक प्रगतिबारे अर्घाखाँचीसम्म चर्चा रहेको बताए । यस्तै, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले शिक्षामा उल्लेखनीय लगानी गर्दै आएको बताइन् भने प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयको शैक्षिक गुणस्तर पछिल्लो समय उल्लेखनीय रूपमा सुधार भएको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले विद्यालयको स्तर सुधारका लागि निरन्तर प्रयास भइरहेको र त्यसको सकारात्मक नतिजा देखिन थालेको बताए । उनले गत एसईई परीक्षामा ४ जिपिएसहित उत्कृष्ट नतिजा हासिल भएको दाबी गरे । विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयका हालका गतिविधि र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयलाई सहयोग गर्ने दाताहरू, उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ५८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’