२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप



पोखरा । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ ।

यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ । समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा दरखास्त बुझाउन सकिने उनले बताए ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने उनको भनाइ छ । आवदेन लिइसकेपछि यही निर्वाचन प्रहरी छनोट र भर्नाको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण दिइने समितिले जनाएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ ।

निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्त गर्नेछ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।

कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा यही माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रुपमा सूचित गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले उक्त आग्रह गरेको हो । तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : १० बजे

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

काठमाडौं । निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी (पूर्णपाठसहित)

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा

पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार सङ्कलनको व्यवस्था गर्न महासङ्घको माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकारलाई मतगणनाको समाचार सङ्कलन रूपमा

आज प्रतिनिधिसभा निर्वाचन, देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान

काठमाडौं । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य