११ कार्तिक २०८३, बुधबार | October 28, 2026

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन



काठमाडौं । निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि १३ सदस्यीय आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार अस्पतालका मेडिकल डिभिजन प्रमुख डा दीपक पौडेलको नेतृत्वमा समिति गठन गरिएको हो ।

समितिमा सिनियर रजिष्ट्रार प्राडा जितेन्द्र परियार, रजिष्ट्रार डा अरुण सिग्देल, रजिष्ट्रार डा जेनर कुरुम्वाङ, रजिष्ट्रार डा समीर न्यौपाने सदस्य रहेका छन ।

यसैगरी, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुङ्गाना, रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, वरिष्ठ ल्याब टेक्निसियन अमेन्द्र अधिकारी र सवारी इञ्चार्ज रामहरि श्रेष्ठ सदस्य छन ।

समितिको सदस्य सचिवको जिम्मेवारी भने रजिष्ट्रार डा रमेश पन्तलाई दिइएको छ ।

कार्यकारी निर्देशक डा रेग्मीले निर्वाचनमा सम्भावित घटनाको उपचार व्यवस्थापन गर्नका लागि समिति गठन गरेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निर्वाचनमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्ने निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ६ : ४१ बजे

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका