३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सहकारी बेथिति छानबिनका लागि आयोग गठन



काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आयोग गठनको जानकारी दिँदै सहकारीमा देखिएका समस्याको गहिरो अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउने उद्देश्य रहेको बताए ।

यसैबीच, सञ्चारमन्त्री खरेलले फागुन २१ गते तय भएको निर्वाचनको मिति यथावत् रहने स्पष्ट पारे । उनले निर्वाचनको मिति परिवर्तन नहुने भन्दै सरकार सोही अनुसार तयारीमा जुटेको बताए ।

“फागुन २१ मा तोकिएको निर्वाचनको मिति यताउता हुँदैन,” उनले भने, “सरकार त्यसैको तयारीमा छ । निर्वाचन गर्ने र गराउने सबै सरोकारवाला पनि यही मितिमा सहमत छन् ।”

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ३१ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका