२३ बैशाख २०८३, बुधबार | May 6, 2026

निर्वाचन आयोगले दियो गगन थापा कांग्रेसलाई मान्यता



काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको छ ।

आयोगको शुक्रबार बसेको बैठकमा आयोगका तीन आयुक्तहरुमध्ये बहुमतको आधारमा थापा नेतृत्वले आयोजना गरेको विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएको हो । यससँगै थापाको सभापतित्वमा रहेको कार्यसमितिलाई मान्यता पाएको छ । बैठकले विशेष महाधिवेशनलाई कानून र पार्टी विधानअनुसार वैध ठहर गर्दै त्यहाँबाट निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरूले कांग्रेसका दुवै पक्षबाट पेश भएका कागजात र विवरण अध्ययन गरेका थिए । त्यसपछि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्ने कि देउवा नेतृत्वको पुरानै कार्यसमितिलाई मान्यता दिने भन्नेबारेमा आयोग पदाधिकारीहरुबीच छलफल भएको थियो । आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले विशेष महाधिवेशनलाई मान्यता दिने पक्षमा र एक जनाले विपक्षमा राय दिएका थिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरले पक्षमा मत दिएका थिएका थिए भने आयुक्त सगुन शमशेर राणाले विपक्षमा राय दिएका थिए ।

यस निर्णयसँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरूले वैधानिक मान्यता पाउने भएका छन् । विशेष महाधिवेशन अमान्य भएको दाबी गर्दै शेरबहादुर देउवा समूहले अघि सारेको तर्क स्वतः अस्वीकृत भएको छ ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति सर्वसम्मत निर्वाचित भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरेर आधिकारिता दाबी गर्न सो समुह आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।

राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म कांग्रेसको विशेष महाधिवेशन आयोजना गरिएको थियो । नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा अव थापा नेतृत्वको कांग्रेसले प्रयोग गर्ने छ ।

देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो । आयोगले आफ्नो पक्षमा निर्णय नगरे आन्दोलन गर्ने सो समुहले घोषणा समेत गरेको छ ।

देउवा पक्षले आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जानेछ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ५० बजे

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक