२ माघ २०८२, शुक्रबार | January 16, 2026

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’



काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ । गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएलगत्तै देउवा पक्षले त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको हो ।

आयोगको निर्णय प्रति टिप्पणी गर्दै देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाए । उनले आयोगको निर्णय विरुद्ध कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । उनले निर्वाचन आयोगले आधिकारिक र कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि समेत जनाए ।

उता आयोगबाट मान्यता पाएको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आयोगको निर्णयबाट नवीन कांग्रेसको शुरुवात भएको जनाएका छन् । उनले कांगै्रसका अग्रज नेताहरूलाई आवेग बिर्सन र एकताबद्ध भएर अगाडि बढ्न अनुरोध पनि गरेका छन् । ’विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ०५ बजे

देउवा समुहले बोलायो विघटीत केन्द्रीय कार्यसमितिको बैठक

ललितपुर । शेरबहादुर देउवा समुहले नेपाली कांग्रेसको विघटीत केन्द्रीय कार्य

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’

काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा

निर्वाचन आयोगले दियो गगन थापा कांग्रेसलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता