२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

निर्वाचन आयोगको निर्णय देउवा समुहबाट अस्वीकार, उपसभापति शर्मा भन्छन् -‘नविन कांग्रेसको शुरुवात’



काठमाडौं । निर्वाचन आयोगको निर्णलाई देउवा समुहले नमान्ने भएको छ । गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएलगत्तै देउवा पक्षले त्यसलाई अस्वीकार गर्ने घोषणा गरेको हो ।

आयोगको निर्णय प्रति टिप्पणी गर्दै देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाए । उनले आयोगको निर्णय विरुद्ध कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । उनले निर्वाचन आयोगले आधिकारिक र कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि समेत जनाए ।

उता आयोगबाट मान्यता पाएको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आयोगको निर्णयबाट नवीन कांग्रेसको शुरुवात भएको जनाएका छन् । उनले कांगै्रसका अग्रज नेताहरूलाई आवेग बिर्सन र एकताबद्ध भएर अगाडि बढ्न अनुरोध पनि गरेका छन् । ’विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको शुरुवात भएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ०५ बजे

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित,

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका