१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कालीकोटमा जीप दुर्घटना हुँदा स्काभेटर अपरेटरसहित तीन जनाको मृत्यु



कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सेरी-पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा दुई जना स्काभेटर अपरेटर र एक जना जीपका सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र कालीकोट शुभकालिका गाउँपालिका-२ का नवराज शाही रहेका छन् । उनीहरू तीनै जना सेरी-पान्तडी सडक निर्माण कार्यमा संलग्न थिए ।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारासम्म खसेको थियो । दुर्घटनापछि भीरबाट तीनै जनाको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम मान्म लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न जीप चालक भने प्रहरीको सम्पर्कमा आइसकेको र प्रारम्भिक सोधपुछ हुन बाँकी रहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ सदरमुकाम मान्मबाट प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख हिमबहादुर खत्री, जनपद प्रहरी र सशस्त्र प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनाले स्थानीयस्तरमा शोकको वातावरण सिर्जना भएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : ४२ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा