काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
बैठक नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुने बताइएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिलाई शुक्रबार साँझ आयोगले आधिकारिकता दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई एकताबद्ध बनाउने तथा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
उता, देउवा पक्षले भने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने जनाएको छ । आयोगको निर्णयपछि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिन देउवा पक्षीय नेपाली कांग्रेसको छुट्टै बैठक पनि आजै बस्ने तयारी गरिएको छ ।


















प्रतिक्रिया