२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

निर्वाचन आयोगले मान्यता दिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं । निर्वाचन आयोगले मान्यता दिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित अर्पण व्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुने बताइएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको कार्यसमितिलाई शुक्रबार साँझ आयोगले आधिकारिकता दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठकमा पार्टीलाई एकताबद्ध बनाउने तथा आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

उता, देउवा पक्षले भने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने जनाएको छ । आयोगको निर्णयपछि कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय लिन देउवा पक्षीय नेपाली कांग्रेसको छुट्टै बैठक पनि आजै बस्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : २४ बजे

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद