६ श्रावण २०८३, बुधबार | July 22, 2026

काठमाडौंमा आजदेखि आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट, नेपालले थाइल्याण्डसँग उद्घाटन खेल खेल्ने



काठमाडौं । नेपालको आयोजनामा आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्ला संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ । नेपाली टोलीकी कप्तान इन्दु वर्माले ब्याटिङ, फिल्डिङ र समग्र टोलीको खेलमा उल्लेखनीय सुधार आएको बताउँदै घरेलु मैदानको फाइदा उठाएर कम्तीमा ‘सुपर सिक्स’ चरणसम्म पुग्ने लक्ष्यसहित मैदान उत्रिने दाबी गरिन् ।

कप्तान वर्माका अनुसार अभ्यास खेलका क्रममा टोलीले बलिया प्रतिद्वन्दीविरुद्ध खेल्ने रणनीति, दबाबमा खेललाई आफ्नो पक्षमा कसरी मोड्ने भन्ने महत्वपूर्ण अनुभव बटुलेको छ । “अभ्यास खेलले हाम्रो कमजोरी र सबल पक्ष दुवै देखाएको छ, त्यसलाई सुधार गर्दै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने तयारी गरेका छौँ,” उनले भनिन् ।

ग्लोबल छनोट प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामिबिया, थाइल्याण्ड, बङ्गलादेश, आयरल्याण्ड, पपुवा न्यु गिनी र नेदरल्याण्ड गरी १० राष्ट्र सहभागी छन् । प्रतियोगिताको तयारीका क्रममा नेपालले नेदरल्याण्ड, थाइल्याण्ड र अमेरिकी टोलीसँग अभ्यास खेल खेलेको थियो ।

महिला क्रिकेटतर्फ नेपालले आयोजना गर्न लागेको हालसम्मकै यो सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस्तो स्तरको प्रतियोगिताले नेपाली महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने र नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसर दिने कप्तान इन्दु वर्माको विश्वास छ ।

पत्रकार सम्मेलनमा नामिबिया, अमेरिका लगायतका टोलीका कप्तानहरूले पनि अभ्यास खेलमार्फत नेपाली पिच र मैदानको अवस्था बुझ्न सहज भएको भन्दै प्रतियोगिताका लागि राम्रो तयारी भएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र थाइल्याण्ड आइतबार बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुनेछन् । घरेलु समर्थकको उपस्थितिमा नेपाली टोलीले जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ४८ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना