काठमाडौं । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. ३ बाट निवर्तमान सांसद वासुदेव घिमिरेलाई टिकट दिएको छ ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले घिमिरेलाई रुपन्देही ३ को उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उनी रुपन्देही ५ बाट निर्वाचित भएका थिए भने त्यसअघि तिलोत्तमा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
घिमिरेले गत पुस १५ गते राति एमाले छोडेको घोषणा गरेका थिए । घिमिरेको उक्त घोषणा लगत्तै पुस १८ गते उपाध्यक्ष विष्णु पौडेलले सघन वार्ता गरेपछि उनी एमालेमै अडिएका थिए । घिमिरेले पार्टी छोडेको घोषणा गर्दा गढ मानिएको क्षेत्रमा एमालेलाई धक्का लाग्ने विश्लेषण समेत गरिएको थियो ।

















प्रतिक्रिया