२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

रुपन्देही उद्योग संघद्वारा औद्योगिक प्रदर्शनीका उपसमिति तथा कर्मचारीलाई सम्मान



बुटवल । राजधानी बाहिर पहिलो पटक औद्योगिक प्रदर्शनी आयोजना गरेर अलग पहिचान बनाएको रूपन्देही उद्योग संघलाई उक्त ब्रान्डलाई निरन्तरता दिँदै अझ सशक्त रूपमा अघि बढ्न सरोकारवालाहरूले आग्रह गरेका छन् । संघले २०४५ सालमा पहिलो पटक औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो भने २०५३ सालदेखि नियमित रूपमा प्रदर्शनी गर्दै आइरहेको छ ।

संघले यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गरेको १६ औँ औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव सफल बनाउन सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा अध्यक्ष पराजुलीले सबैको समन्वय, सहकार्य र प्रतिबद्धताका कारण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको बताउँदै प्रदर्शनीमा विभिन्न उपसमितिमा रहेर काम गर्ने सदस्यहरू, स्वयंसेवक तथा अस्थायी रूपमा सहयोग पुर्‍याउने कर्मचारीहरूलाई सम्मान गरिएको जानकारी दिए । उनले औद्योगिक प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग–व्यवसायको विस्तार र आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

कार्यक्रममा विभिन्न उपसमितिका संयोजक, उपसंयोजक तथा सदस्यहरूलाई सम्मान गरिएको थियो भने प्रदर्शनी अवधिभर खटिएका अस्थायी कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संघका पूर्व उपाध्यक्ष भूपालकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्षहरू तेजकुमार पाठक, बाबुराम बोहोरा, माधव पौडेल तथा निवर्तमान अध्यक्ष दिलिप सापकोटालगायतले औद्योगिक प्रदर्शनीले स्थानीय उद्योग, व्यवसाय र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको बताएका थिए । उनीहरूले रूपन्देही उद्योग संघले सुरु गरेको औद्योगिक प्रदर्शनीको परम्परालाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले गरेका थिए ।

यसैबीच संघको नियमित बैठकले प्रदर्शनी सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई औपचारिक रूपमा धन्यवाद दिने निर्णय गर्दै माघ १५ देखि १७ गतेसम्म संघको आगामी कार्ययोजना निर्माणका लागि कार्ययोजना कार्यशाला आयोजना गर्ने निर्णय गरेको महासचिव सुमन बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ४ : ३० बजे

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम, काठमाडौंमा २५ डिग्री पुग्दा नेपालगन्जमा ३२

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८