१० भदौ २०८३, बुधबार | August 26, 2026

उज्यालो नेपाल पार्टीले आज उम्मेदवार टुंगो लगाउँदै, कुलमान काठमाडौं-३ बाट लड्ने



काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार आज टुंगो लगाउने भएको छ । पार्टीले केही क्षेत्रका उम्मेदवार यसअघि नै निश्चित गरिसकेको भए पनि बाँकी क्षेत्रका उम्मेदवारको नाम आजै अन्तिम रूप दिने जनाएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । उनेपा नेता जितराम लामाका अनुसार अध्यक्ष घिसिङसँगै आफू भक्तपुर-२ बाट उम्मेदवार बन्ने भएका छन् । यस्तै, गोरखा-१ बाट रामकाजी राणालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

पार्टीले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको जनाएको छ । मधेश प्रदेशतर्फ सप्तरी-१ बाट हर्षनारायण चौधरी, सप्तरी-२ बाट दीपक चौधरी, सिरहा-३ बाट श्रवण पासवान उम्मेदवार रहने भएका छन् ।

यसैगरी बागमती प्रदेशतर्फ काभ्रे-२ बाट ज्योत्सना सैंजु, काठमाडौं-९ बाट रामेश्वर श्रेष्ठ तथा धादिङ-१ बाट श्यामराजा पाण्डे उम्मेदवार बन्ने तय भएको नेता लामाले जानकारी दिए ।

पार्टीले बाँकी रहेका निर्वाचन क्षेत्रका उम्मेदवारबारे आज बस्ने बैठकबाट अन्तिम निर्णय गर्ने जनाएको छ । उनेपाले आगामी निर्वाचनमा सबै प्रदेश र प्रमुख निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै आफ्नो उपस्थिति बलियो बनाउने तयारी गरेको बताएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ०८ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक