२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पूर्वमन्त्री यादव एमाले प्रवेश, पर्सा-१ बाट उम्मेदवार बन्ने तयारी



काठमाडौं । पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गएराति औपचारिक रूपमा एमालेमा समाहित भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिँदै पार्टीमा स्वागत गरेका थिए । यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित उनका समर्थक तथा विभिन्न तहका नेता-कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन् ।

यादव यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि ओली नेतृत्वको सरकारबाट उनी पदमुक्त भएका थिए । त्यसपछि उनले अशोक राई नेतृत्वको जसपा परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए ।

जसपा नेपालमा रहेर पछिल्लो समय यादव पार्टीको समन्वय समिति सदस्यको भूमिकामा सक्रिय थिए । तर प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा उनले जसपा नेपालसमेत त्याग्दै पुनः एमाले रोजेका हुन् ।

यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले उनलाई सो क्षेत्रबाट उम्मेदवारी दिने आश्वासनसमेत दिइसकेको बताइएको छ ।

यादवको एमाले प्रवेशलाई पर्सा क्षेत्रको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । उनको आगमनले एमालेको संगठन सुदृढ हुने र आगामी निर्वाचनमा पार्टीको प्रभाव बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ३४ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय