५ माघ २०८२, सोमबार | January 19, 2026

जनकपुरबाट मैथिलीमा बालेनको अपिल : मलाई काम गर्न दिनुस्



जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीमा कोरियाग्राफी गराएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पहिलोपटक सार्वजनिक भाषण गरेका छन् ।

जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित पार्टी सभालाई मैथिली भाषामा सम्बोधन गर्दै उनले आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्।

बालेनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको दाबी गरे । उनले भने, “हम काम करेवाला आदमी छी। काम करे आए छी, काम देउ। काम करके देखाएब।”

काठमाडौं महानगरपालिकाको मेयरको रूपमा कार्यरत रहँदा देशका सबै नागरिकका लागि चाहेजति काम गर्न नसकेको उनले बताए । उनले भने, “दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ। तर मेयर भएर पनि धेरै कुरा गर्न सकिनँ। अब गर्न चाहन्छु।”

उनले अधिकार माग्नका लागि नागरिकहरू काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफू अग्रसर हुने बताए।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : १७ बजे

उम्मेदवारी दर्ता गर्न प्रचण्ड रुकुमपूर्वमा

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

बालेनसँग भेटेपछि अब देश बन्छ भन्ने विश्वास जाग्यो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

जनकपुरबाट मैथिलीमा बालेनको अपिल : मलाई काम गर्न दिनुस्

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीमा कोरियाग्राफी गराएका

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय