२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सञ्चारमन्त्री जगदीश खरेलले दिए पदबाट राजीनामा, ललितपुर-२ बाट चुनाव लड्ने घोषणा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीका साथ सोमबार खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

खरेलले कुन पार्टीबाट चुनाव लड्ने भने बताएनन् । यद्यपी उनी ललितपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।

निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका खरेलमाथि सरकारमा रहेर रास्वपामैत्री भूमिका खेलेको आरोप लाग्दै आएको थियो । सोही विषयलाई ध्यानमा राख्दै प्रधानमन्त्री कार्कीले पनि उनलाई राजीनामाबारे निर्णय लिन सुझाव दिएकी थिइन् ।

 

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ७ : ५३ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले