१० श्रावण २०८३, आइतबार | July 26, 2026

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने



बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले) प्रवेश गरेका छन् । कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि यादव एमालेमा प्रवेश गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

एमाले प्रवेशपछि खबरकुरासँग कुरा गर्दै यादवले आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको बताए । कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ ।

यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-४ बाट निर्वाचित सांसद हुन् । सो निर्वाचनमा उनले कांग्रेसका तर्फबाट उम्मेदवारी दिँदै जित हासिल गरेका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।

एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउने तयारी भएको बताइएको छ । एमालेले उनलाई स्थानीय संगठन मजबुत बनाउने र चुनावी प्रतिस्पर्धामा प्रभावकारी भूमिका खेल्ने नेताका रूपमा अघि सारेको छ ।

यादवको एमाले प्रवेशले रुपन्देही-४ को चुनावी समीकरण थप रोचक बनेको छ । कांग्रेसबाट निर्वाचित भइसकेका र स्थानीयस्तरमा पहिचान बनाइसकेका यादव एमालेको तर्फबाट मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा कडा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ५४ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि