२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै



बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले वर्षौदेखि बीमा प्राधिकरणबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो ।

अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बीमा कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ । अस्प्तालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बीमा बोर्डबाट स्वीकृत भएको रकम २४ करोड ७१ लाख रुपैयाँ प्राप्त हुन नसक्दा औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना हुनुका साथै कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने अवस्थामा सिर्जना भएको छ । दैनिक करिब एक हजार पाँच सय सेवाग्राहीले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिने यस अस्पतालमा दाबी रकम भुक्तानी नहुँदा आर्थिक संकट पर्दै गएपछि बीमा कार्यक्रमनै स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगिको मेसु डा. ढकालले गुनासो गरे ।

अस्पतालले बीमा कार्यक्रम अन्तरगत उपचार सेवा उपलब्ध गराए अनुसार विभिन्न वर्षहरुमा गरी कूल ७३ करोड ४२ लाख दाबी गरेकोमा बीमा बोर्डले ५० करोड ५४ रुपैयाँमात्रै उपलब्ध गराउन स्वीकृत गरेको छ । जसमध्ये हालसम्म २५ करोड ८३ लाख रुपैयाँ मात्रै रकम प्राप्त भएको छ । अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम विभागका प्रमुख दिपेन्द्र पौडेलका अनुसार बीमा कार्यक्रममा सेवाग्राहीको आकर्षण बढ्दै गएपनि सरकारलेनै समयमा अनुदान उपलब्ध नगराउँदा सेवा प्रभावित हुने अवस्थामा पुगेको छ । बीमा सेवालाई प्रभावकारी बनाउनका लागि फार्मेसी तथा फार्मेसी काउन्टर वृद्धि, अटोमेटिक रिपोर्ट डिस्प्याच मेशिन जडान लगायतका कामहरु भएका छन् । हाल बीमा कार्यक्रमका लागि मात्रै अस्पतालमा ३९ जना कर्मचारीहरु कार्यरत रहेको बीभागका प्रमुख पौडेलले जानकारी दिए । विभाग प्रमुख पौडेलका अनुसार अस्पतालले उपचार सेवा उपलब्ध गराए बापत दाबी गरेर पठाएको रकममा समेत बीमा बोर्डले मानोमानि रुपमा कटौटी गरेर थोरै रकम मात्रै स्वीकृति गर्ने गरेको गुनासो गरे ।

अस्पताल बिका समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा गर्दै पनि बीमा बोर्ड स्वीकृत गरेको रकम समेत नपठाउँदा सेवानै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरे । सरकार र बीमा बोर्ड गम्भिर हुनुपर्ने बताउँदै उनले जनताको स्वास्थ्यसेवासँग प्रत्यक्ष जोडिएको विषयमा कसैले पनि खेलवाड गर्नु गलत भएको बताए । स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि प्रथम विन्दु (फर्स्ट कन्ट्याक पोइन्ट) घोषणा गरेपछि सेवाग्राहीको चाप थप वृद्धि भएपनि अनुदान रकम समयमा प्राप्त गर्न नसक्दा आवश्यक उपकरणहरु खरिदमा समस्या पर्नुका साथै औषधि आयातकर्तालाई समयमा भुक्तानी दिन नसक्दा संकट उत्पन्न भएको छ ।

सरकारले समयमा दाबी भुक्तानी नगर्दा देशका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले समेत बीमा कार्गक्रम स्थगित गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र शहिद गंगालाल हृदय रोग केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा बन्द गरिसकेका छन् । ती अस्पतालहरुले पनि स्वास्थ्य बीमा बोर्डबाट दाबी भुक्तानी नपाएपछि स्वास्थ्य बीमा सेवालाई निरन्तरता दिन नसकिएक बताएका छन् । सेवा प्रदायकहरुले स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा बन्द गरेपछि बीमितलाई उपचारमा सकस पर्ने देखिएको छ। सरकारले नागरिकको उपचारका लागि ल्याएको कार्यक्रम अस्पतालहरुले बन्द गर्दा यसबाट विपन्न नागरिक सबैभन्दा धेरै मारमा पर्ने छन् ।

यसैगरी सेवा प्रदायक अस्पतालहरुले स्वास्थ्य बीमा बोर्डको क्षमतामाथि नै प्रश्न उठाएका छन । विशेषड चिकित्सकले बिरामी हेरेका केस बोर्डका कर्मचारीले नबुझेर अस्वीकृत गर्ने गरेका कारण दाबी रकममै आधा घाटा बेहोर्न परेको अस्पतालहरको गुनासो छ । बीमा दाबीको भेरिफिकेसन नै रियलटाइम हुनुपर्ने र निश्चित अवधि तोकेर बोर्डले भुक्तानी दिएपछि मात्रै सेवाले निरन्तरता पाउने प्रदायकहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : ५५ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली