२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ स्कुलले ‘इडन खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक उपलब्धि, सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयले शैक्षिक नतिजा प्रकाशनसँगै खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नकुल शाही ठकुरीका अनुसार इडन इङ्लिस बोर्डिङ स्कुलमा आधारभूत तहदेखि नै पेशा तथा व्यवसाय विषयको अध्यापन हुँदै आएको छ । कक्षाकोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्न खाना महोत्सव आयोजना गरिएको उनले बताए ।

अध्यक्ष शाहीले इडन इङ्लिस बोर्डिङ स्कुल आफ्नै होटल सञ्चालन गर्ने एकमात्र विद्यालय भएको दाबी गर्दै यहाँ हप्ताको चार दिन प्रयोगात्मक शिक्षण पद्धतिमार्फत पढाइ हुने जानकारी दिए । उनले विद्यालयले शैक्षिक, सांस्कृतिक तथा व्यवहारिक पक्षमा आफूलाई निरन्तर अब्बल बनाउँदै लगेको उल्लेख गर्दै विद्यार्थीलाई राष्ट्रिय स्तरसँग जोड्ने उद्देश्यले राष्ट्रिय कलाकारहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको बताए ।

कार्यक्रममा गायक हेमन्त शर्मा, रवि रिमाल, गायिका सम्झना लामिछाने तथा डान्सर साजन गुरुङलगायत कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए । विद्यालयका प्रधानाध्यापक शिवहरी भट्टराईका अनुसार कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।

खाना महोत्सवमा कक्षा ११ र १२ का विद्यार्थीहरूले पाँच वटा स्टल सञ्चालन गरेका थिए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुशल बस्यालका अनुसार विद्यार्थीहरूले सेलरोटी, शेर्पा चिया, मम, पकौडा, बटुक, फुल्की, चाट, स्यान्डविचलगायत विविध परिकारहरू तयार गरी प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूमा उद्यमशीलता, आत्मनिर्भरता र व्यवहारिक सीप विकासमा सहयोग पुगेको विद्यालयको विश्वास छ ।

कार्यक्रममा अभिभावक तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नृत्य, गायन, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए । विद्यालयले सांस्कृतिक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरेको थियो ।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि र व्यवहारिक शिक्षालाई मजबुत बनाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ६ : ३५ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत