३१ असार २०८३, बुधबार | July 15, 2026

इडन बोर्डिङको दुई दिने नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



बुटवल । इडन इङ्गलिस बोर्डिङ स्कूल बुटवल-११ नहरपुरले आफ्ना विद्यार्थीको नतिजा प्रकाशन तथा पुरस्कार वितरणसँगै २ दिने सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थी र कक्षा ३ देखि ९ सम्मका विद्यार्थीलाई दुई दिने कार्यक्रमका बीच पुरस्कार वितरण गरेको हो ।

यसैबीच बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगर-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल शैक्षिक हबको रुपमा विकसित भएको उल्लेख गरे । सिङ्गो बुटवललाई उत्कृष्ट र शैक्षिक गन्तव्यको पहिलो केन्द्र बनाउनका लागि यहाँका सामुदायिकसँगै नीजि शैक्षिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरे । इडन स्कूलले पनि एउटा इटा थप्ने काम गरेको बताउँदै उनले व्यवहारिक तथा सामाजिक शिक्षालाई पनि जोड दिनुपर्ने उल्लेख गरे ।

१ हजार बढी विद्यार्थी रहेको इडन स्कुलले पहिलो दिन मँगलबार कक्षा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीको नतिजा प्रकाशन गरेको थियो भने दोस्रोदेखि त्यसभन्दा माथिका विद्यार्थीको नतिजा प्रकाशन गरेको हो । विद्यालयले नयाँ शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना अभियान समेत सञ्चालन गरेको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले जानकारी दिए । शैक्षिक गतिविधिसँगै विभिन्न खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको उनको दाबी छ । कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, अतिथी लगायतलाई स्वागत गर्दै विद्यालयका उप–प्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे । पाठ्यक्रम बाहेक व्यवहारिक र सामाजिक ज्ञान सीप प्रदान गरेर समाजका लागि उदाहरणीय र सक्षम नागरिक निर्माण विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ५३ बजे

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा