६ श्रावण २०८३, बुधबार | July 22, 2026

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने



विराटनगर । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ ।

औषधि खुवाउन करिब दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।

मोरङमा यस अघि ११ औँ पटकसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियो । “सफलता प्राप्त नभएपछि १२ औँ पटक औषधि खुवाउन लागेका छौँ”, प्रमुख मेहताले भने– “यो अभियान १४ दिनसम्म सञ्चालन गर्छौँ ।” गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले जुकाको औषधिसहित तीन प्रकारको औषधि खानुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ३१ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज