८ माघ २०८२, बिहिबार | January 22, 2026

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रनको योगदान दिइन् भने स्टेर कालिसले ३० रन जोडिन् । यस्तै रोबिन रिकेले १९ रन बनाइन् भने आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन् ।

१५ रनमै दुई विकेट गुमाएको नेदरल्यान्ड्सका लागि बाबेट र कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : ५७ बजे

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू

प्रतिनिधिसभा निर्वाचन काठमाडौं : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौं । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको