६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित



काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको प्रतिस्पर्धामा नेपाल २ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्रै बनाउन सकेपछि नेपाल लक्ष्यमा पुग्न असफल भयो ।

यसअघि २४ बल बाँकी रहँदा नेपाललाई ४८ रन चाहिएको अवस्थामा सीता र रुबिनाले संयमित र आक्रामक ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन तथा सीता राना मगरले अविजित २७ रनको योगदान दिइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्यान्ड्सका तर्फबाट इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । साथै सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १-१ विकेट हात पारिन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १२ : ४५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको