काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको प्रतिस्पर्धामा नेपाल २ रनले पराजित भएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्रै बनाउन सकेपछि नेपाल लक्ष्यमा पुग्न असफल भयो ।
यसअघि २४ बल बाँकी रहँदा नेपाललाई ४८ रन चाहिएको अवस्थामा सीता र रुबिनाले संयमित र आक्रामक ब्याटिङ गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए । रुबिनाले अविजित ३७ रन तथा सीता राना मगरले अविजित २७ रनको योगदान दिइन् । बिन्दु रावलले १८ रन बनाइन् ।
नेदरल्यान्ड्सका तर्फबाट इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । साथै सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १-१ विकेट हात पारिन् ।


















प्रतिक्रिया