८ माघ २०८२, बिहिबार | January 22, 2026

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित



बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यही माघ १४ देखि १८ गतेसम्म मेला सञ्चालन गर्ने तयारी गरिएको भए पनि निर्वाचन सम्पन्न नभएसम्मका लागि रोक्नु परेको संघले जनाएको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार, आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण निर्वाचन आचारसंहिता लागू भएकाले मेला तत्कालका लागि स्थगित गर्नुपरेको हो । मेला २०८२ माघ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने निर्णय भइसकेको भए पनि कानुनी र नीतिगत बाध्यताका कारण कार्यक्रम अगाडि बढाउन नसकिएको उनले बताए ।

बुटवल उद्योग वाणिज्य संघले जारी गरेको सूचनामा निर्वाचन आचारसंहिता लागू भइसकेकाले मेला स्थगित गरिएको उल्लेख गर्दै निर्वाचन सम्पन्न भएपछि उपयुक्त समय तय गरी कृषि मेला पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।

कृषि उत्पादन, प्रविधि, बजार प्रवर्द्धन तथा किसान र व्यवसायीबीच समन्वय बढाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त मेलाप्रति कृषक, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय चासो रहेको थियो । मेला स्थगित भए पनि आगामी दिनमा अझ व्यवस्थित रूपमा कार्यक्रम आयोजना गरिने संघले विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १ : ०५ बजे

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन