८ माघ २०८२, बिहिबार | January 22, 2026

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु



सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ । एनएसडब्ल्यू प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाहरूको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो शहर कार्गेलिगो तालमा गोली हानाहान भएकोे घटनास्थलमा सुरइाा तैनाथ गरिएको जनाएको छ ।

गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भिर अवस्थामा अस्पताल लगिएकोसमे प्रहरीले जनाएको छ ।

प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । बन्दुकधारी “संदिग्ध घरेलु हिंसा आक्रमण“ पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिडनी मर्निङ हेराल्ड अखबारले जनाएको छ ।

प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ४ : १६ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको