२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता



काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सरकारका यसअघिका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त रहेको थियो । रिक्त प्रवक्ता पदमा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिँदै सरकारले सरकारका गतिविधि, निर्णय र नीतिगत विषयमा जानकारी प्रवाह गर्ने दायित्व सुम्पिएको हो ।

पूर्वप्रवक्ता खरेल ललितपुर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । निर्वाचनको माहोल बढ्दै जाँदा सरकारको प्रवक्ता परिवर्तनलाई राजनीतिक तथा प्रशासनिक निरन्तरताका रूपमा हेरिएको छ ।

नयाँ प्रवक्ताको जिम्मेवारी पाएसँगै गृहमन्त्री अर्यालले सरकारका निर्णय र समसामयिक विषयमा नियमित रूपमा जानकारी गराउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ५ : १० बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात