२८ असार २०८३, आइतबार | July 12, 2026

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’



काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा २३ वटा ‘अति संवेदनशील’ रहेका बताएको छ ।

“सुरक्षा अति संवेदनशील र संवेदनशील मतदानस्थलको सुरक्षा व्यवस्था कडा पारिनेछ”, जिल्ला प्रहरी प्रमुख कोमल शाहले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन निर्वाध सम्पन्न गर्ने लक्ष्यका साथ सुरक्षाकर्मी कार्यस्थलनमा परिचालन हुने प्रतिबद्धता व्यक्त गर्दै भने ।

जिल्लामा दुई हजार २६९ जना निर्वाचन प्रहरी तथा नेपाल प्रहरीबाट एक हजार ११५ र सशस्त्र प्रहरीबाट ३५० जना परिचालन गर्ने योजना छ ।

काभ्रेपलाञ्चोकमा कायम तीन लाख २६ हजार ६११ मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष र ५९ हजार ११० महिला र दुई जना अन्य लिङ्गका छन् ।

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निवार्चनका लागि जिल्लामा निर्वाचन प्रहरी छनोटअन्तर्गत बिहीबार धुलिखेलमा निर्वाचन प्रहरीको लिखित परीक्षा र अन्तर्वार्ता लिइएको छ । माग भएको निवार्चन प्रहरी सङ्ख्यामा दुई हजार ४९३ ले आवेदन दिएकामध्ये परीक्षामा दुई हजार २८३ सामेल जिल्ला प्रहरीले जनाएको छ ।

जिल्लाको दुई प्रतिनिधिसभा दुई निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नं १ मा १५ दल र तीन स्वतन्त्र तीन गरी १८ जना प्रतिस्पर्धामा उत्रिएका हुन् ।

निर्वाचन क्षेत्र नं २ मा १६ दल, आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन कार्यालयले जनाएको छ । उसका अनुसार जसमध्ये क्षेत्र नं २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी तीन जना महिला प्रतिस्पर्धामा छन् ।

क्षेत्र नं १ मा अन्य समूहबाट एक जना प्रतिस्पर्धामा छन् भने ११ जना स्वतन्त्र उम्मेदवार छन् । दलित उम्मेदवार छैनन् तर जनजातितर्फबाट २५ जना प्रत्याशी बनेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ३८ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास