३० श्रावण २०८३, शनिबार | August 15, 2026

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले फिर्ता लिए उम्मेदवारी



सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा देखिएको उम्मेदवारसम्बन्धी विवाद अन्ततः टुंगिएको छ ।

पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दिएका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (माघ ९) उनले उम्मेदवारी फिर्ता लिँदै शाहीलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएको नेकपा कालीकोटले जनाएको छ । आजै बिहान मात्र प्रचण्डसहित शीर्ष नेताहरूको सहभागितामा भर्चुअल (जुम) बैठक सम्पन्न भएको थियो, जसबाट विवाद समाधान गरिएको हो ।

उम्मेदवारी फिर्ता लिनुअघि बुढा र शाहीबीच जनतामाझ नयाँ ढंगले जाने तथा केही राजनीतिक प्रतिबद्धतामा समझदारी भएको पार्टीले जनाएको छ ।

०७० सालदेखि कालीकोटबाट प्रतिनिधित्व गर्दै आएका शाही आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पुनः नेकपाका तर्फबाट उम्मेदवार बनेका छन् । उनलाई चुनौती दिँदै बुढाले मनोनयन दर्ताको दिन स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ०२ बजे

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले