९ माघ २०८२, शुक्रबार | January 23, 2026

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी



काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको समयभित्र ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यसैगरी, पाँच जना उम्मेदवारविरुद्ध दाबी–विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत विभिन्न राजनीतिक दलबाट मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरू रहेका छन् ।

केही स्वतन्त्र उम्मेदवारहरूले पनि उम्मेदवारी फिर्ता लिएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ४७ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा