काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको जानकारी दिए ।
उनका अनुसार जेन–जी पुस्ताबाट उठेको परिवर्तनको चाहनालाई सम्बोधन गर्न सक्षम नेतृत्व आवश्यक भएकाले थापालाई अघि सारिएको हो ।
शर्माले अन्य दलहरूले प्रस्ताव गरेका प्रधानमन्त्रीका उम्मेदवारको तुलनामा कांग्रेसको उम्मेदवार बढी योग्य र सक्षम रहेको दाबीसमेत गरे ।


















प्रतिक्रिया