काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे ३ बजेदेखि सुरु भएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो ।
आगामी १५औं केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न सभापति गगन थापाले १५ दिनभित्रै दोस्रोपटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
आजको बैठकले शेरबहादुर देउवा र पूर्णबहादुर खड्का समूहका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोीित गर्ने बताइएको छ । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु हुँदैछ । सोही कारण इतर समूहका तीन दर्जन नेतालाई केन्द्रीय सदस्य मनोनीतको तयारी भएको बुझिएको छ ।
















प्रतिक्रिया