२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ



बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर पूर्वबाल्यकक्षा (ईसीडी) मा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयका सेक्टर-२ रामनगर तथा सेक्टर-१ कालिकानगरमा सरस्वती पूजा सहित नवनवीन विद्यार्थीका लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

प्रधानाध्यापक थापाका अनुसार सरस्वती पूजाको शुभ अवसरमा आयोजना गरिएको अक्षरारम्भ कार्यक्रममार्फत साना बालबालिकालाई औपचारिक शिक्षाको प्रारम्भ गराइएको हो । यस कार्यक्रमले बालबालिकामा अध्ययनप्रतिको रुचि विकास गर्नुका साथै संस्कारयुक्त शिक्षाको आधार तयार गर्ने विश्वास विद्यालयले लिएको छ ।

यसैगरी, सेक्टर-२ रामनगरमा मात्र ३० जना नयाँ विद्यार्थीलाई ईसीडी कक्षामा भर्ना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिए । उनले अभिभावकहरूको विश्वासका कारण विद्यालयप्रति आकर्षण बढ्दै गएको बताए ।

सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापा, शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित वक्ताहरूले बालबालिकाको सर्वांगीण विकासका लागि प्रारम्भिक शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : ५३ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको