९ माघ २०८२, शुक्रबार | January 23, 2026

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ



बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर पूर्वबाल्यकक्षा (ईसीडी) मा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयका सेक्टर-२ रामनगर तथा सेक्टर-१ कालिकानगरमा सरस्वती पूजा सहित नवनवीन विद्यार्थीका लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

प्रधानाध्यापक थापाका अनुसार सरस्वती पूजाको शुभ अवसरमा आयोजना गरिएको अक्षरारम्भ कार्यक्रममार्फत साना बालबालिकालाई औपचारिक शिक्षाको प्रारम्भ गराइएको हो । यस कार्यक्रमले बालबालिकामा अध्ययनप्रतिको रुचि विकास गर्नुका साथै संस्कारयुक्त शिक्षाको आधार तयार गर्ने विश्वास विद्यालयले लिएको छ ।

यसैगरी, सेक्टर-२ रामनगरमा मात्र ३० जना नयाँ विद्यार्थीलाई ईसीडी कक्षामा भर्ना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिए । उनले अभिभावकहरूको विश्वासका कारण विद्यालयप्रति आकर्षण बढ्दै गएको बताए ।

सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापा, शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित वक्ताहरूले बालबालिकाको सर्वांगीण विकासका लागि प्रारम्भिक शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : ५३ बजे

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा