२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

भगत र रुपनीले पाए हरि जमुना पत्रकारिता पुरस्कार



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण लोकतन्त्र कम्जोर हुँदै गएको बताए । स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेको आयोजनामा शुक्रबार नेपालगन्जमा सम्पन्न हरि जमुना पत्रकारिता पुरस्कार प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले पछिल्लो समय ब्यवसायिक पत्रकारिता हराउदै गएको बताए ।

विष्टले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा स्वतन्त्रता र निश्पक्षताको खाँचो रहेको बताउदै लोकतन्त्रलाइ बलियो बनाउन दलिय पत्रकारिताको अन्त्य हुनुपर्ने कुरामा जोड दिए ।

स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले प्रदान गर्ने गरिएको यस वर्षको हरि जमुना पत्रकारीता पुरस्कार पत्रकार भगत राम थारु र पत्रकार रुपनी जिएमलाइ प्रदान गरिएको छ । शिक्षक तथा समाजसेवी माधबी शाहले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखा मार्फत आफ्नो स्वर्गीय माता पिताको नामबाट स्थापना गरेको हरी जमुना स्मृती अक्षय कोष मार्फत उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्वतन्त्र पत्रकार संघ नेपाल बाकेको आयोजनामा सम्पन्न एक विशेष समारोहका बीच पत्रकार थारु र जिएमलाई हरि जमुना पत्रकारीता पुरस्कार प्रदान गरिएको हो । पुस्कृत पत्रकार द्वयलाई नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, वष्ठि पत्रकार पुर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष नमस्कार शाह लगायतले नगद रासी रु. ५ हजार १ सय ५१ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दैवरिष्ठ पत्रकार पुर्णलाल चुकेले अहिले को समयमा कुनै पनि निकायमा स्वतन्त्र ब्यक्ती पाउन मुस्किल भएको अबस्थमा स्वतन्त्र पत्रकार संघले पत्रकारिता जगतमा स्वतन्त्रताको खाँचो रहेको सन्देश दिँदै पत्रकार दलको झोले हुन नहुने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले कुनै पनि राजनीतिक दलको गुलामी नबनी स्वतन्त्र र निश्पक्ष समाचार लेख्नु पत्रकारको धर्म भएको बताए । स्वतन्त्र पत्रकारिता गर्न नसक्ने ब्यक्ति पत्रकार हुन नसक्ने बताउदै उनले भने “आस्था र विचार भन्दा माथि उठेर पत्रकारिता गर्नु पत्रकारको धर्म हो ।”

सम्मान पश्चात बोल्दै सम्मानित पत्रकार द्धयले सम्मान पत्रकारिता क्षेत्रमा गरेको निरन्तरताको फल भएको बताउदै नियमित रुपमा स्वतन्त्र कलम चलाउने नछोड्ने बताएका थिए । कार्यक्रममा नेपालग पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी, नेपालपत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरे, अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका पुर्व अध्यक्ष तेज बिक्रम शाह, हरि जमुना स्मृती अक्षय कोषकी सञ्चालक माधवी शाह लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ५३ बजे

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक

चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै एमाले केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज

बढ्न थाल्यो तापक्रम

काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल