९ माघ २०८२, शुक्रबार | January 23, 2026

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा एवं सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताएकी छन् ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, निष्ठा, पेसागत कौशल र उच्च व्यावसायिकताका साथ राष्ट्रसेवामा निरन्तर खटिनु सशस्त्र प्रहरीको परिचय बनेको बताइन् ।

“देशमा चलेको सशस्त्र द्वन्द्वदेखि पछिल्ला दशकमा पूर्वी पहाड, तराई तथा अन्य संवेदनशील क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिका स्मरणीय छ”, प्रधानमन्त्री कार्कीले भनिन् । सीमामा खटिएर राष्ट्रिय भूगोलको रक्षा गर्नुका साथै राजस्व सङ्कलनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सशस्त्र प्रहरीले पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ ।

“कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण कार्यक्षेत्र र प्रतिकूल परिस्थितिमा पनि निष्ठाका साथ राष्ट्रसेवामा समर्पित रहनु यस बलको विशेष पहिचान हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “सशस्त्र प्रहरीले प्रदर्शन गरेको साहस, सौर्य र पेसागत निष्ठाले नै सङ्गठनलाई जनताको भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित गरेको छ ।”

विगतका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रसंशा गर्दै प्रधानमन्त्री कार्कीले सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ आसन्न निर्वाचनलाई सफल बनाउन निर्देशन दिइन् ।

वर्तमान सङ्क्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न नेपाल सरकारले सम्पूर्ण शक्ति लगाएको उल्लेख गर्दै उहाँले सम्पूर्ण सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गरी निर्वाचन सफल पार्नुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको विकास र नागरिकको अपेक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीलाई अझ सक्षम, पारदर्शी, मानव अधिकारमैत्री र जनमुखी सुरक्षा निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : २८ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण