११ भदौ २०८३, बिहिबार | August 28, 2026

नागरिक अगुवा युग पाठक नेकपामा प्रवेश



काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

शनिबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास पुगेर युग पाठक नामले चिनिने दिपककुमार पाठकले औपचारिक रूपमा पार्टी सदस्यता लिएका हुन्। पार्टी प्रवेशका क्रममा सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरूले पाठकलाई खादामाला लगाएर स्वागत गरेका छन् ।

सो अवसरमा संयोजक प्रचण्डले युग पाठकजस्तो सचेत नागरिक र बौद्धिक व्यक्तित्व पार्टीमा जोडिनु सुखद र गर्वको विषय भएको बताए। सह–संयोजक नेपालले पार्टीभित्र पाठकको भूमिका सशक्त र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

पाठक ‘उर्गेनको घोडा’ र ‘मांगेना’ लगायतका चर्चित कृतिका लेखक हुन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : २६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि