२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

इन्डोनेसियामा पहिरो, ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता



एजेन्सी । इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । भारी वर्षाले उत्पन्न भएको पहिरो शनिबार बिहान २ः३० बजे पश्चिम बाण्डुग जिल्लामा परेको थियो, जसले धेरै घरमा क्षति पुर्‍याएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) का प्रवक्ताले भने ,’शनिबार विहान पश्चिम जाभा प्रान्तको पश्चिम बाण्डुंग जिल्लामा पहिरो गएको छ, जसमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान १०ः३० बजेसम्म दर्जनौं बासिन्दा सुरक्षित फेला परेका छन्, तर ८३ जनाको खोजी अझै जारी छ ।’

इन्डोनेसियामा वर्षायाम (अक्टोबरदेखि मार्चसम्म) मा बाढी र पहिरो सामान्य समस्या हुन् । गत वर्षको अन्त्यतिर दक्षिण र दक्षिणपूर्वी एसियामा आएको उष्णकटिबंधीय आँधी र तीव्र मनसुन वर्षाले इन्डोनेसियाको सुमात्रा र श्रील्काका पहाडी क्षेत्रमा घातक बाढी र पहिरो ल्याएको थियो। सुमात्रा बाढीमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएका थिए ।

वातावरणीय विज्ञ र विज्ञहरूले वनक्षयले बाढी र पहिरो बढाउन भूमिका खेलेको बताएका छन्, जसले गाउँमा माटोको बहाव ल्यायो । यसै कारण सरकारले यस हप्तामा सुमात्रामा रहेका बन, खानी र जलविद्युत कम्पनीहरूको २४ भन्दा बढी अनुमति रद्द गरेको छ ।

यसैबीच, यस महिनामा इन्डोनेसियाको सियाउ टापुमा आएको भारी वर्षाले छिटो बाढी ल्याएको थियो, जसमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ३७ बजे

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा