२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा



काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास प्रयासमा जापानको सहयोग निरन्तर रहने बताएका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एसोसिएसन नेपाल (जान)को ५२औँ वार्षिक समारोहमा आज उनले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहनाबमोजिम जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

द्विपक्षीयसम्बन्ध सुदृढ गर्न जानले पु¥याएको योगदानप्रति आभार प्रकट गर्दै राजदूत माएदाले भविष्यमा यस सम्बन्धलाई अझ सुदृढ र दिगो बनाउन आवश्यक रहेको बताए । “आपसी संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न जानले पुर्याएको योगदान प्रशंसनीय छ । नेपाल–जापान सम्बन्ध थप विस्तार गर्न आगामी दिनमा थप योगदान हुने अपेक्षा छ”, उनले भने ।

राजदूत माएदाले वर्तमान अवस्थामा जानको सदस्यता विस्तारमा नवयुवाहरूलाई प्रोत्साहन गर्नसमेत आग्रह गरे ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल–जापानसम्बन्ध सुदृढ गर्न जानले पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तर सहकार्यको खाँचो औँल्याए । उनले नेपालको आर्थिक विकास, शान्ति, समृद्धि र दिगो विकासका लागि जाइकाले चार दशकदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास, एवं पूर्वाधारलगायत २१ वटा क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए ।

प्रमुख प्रतिनिधि मात्सुजाकीले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा जापानी सहयोग निरन्तर जारी रहने वचनबद्धता गरिन् ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जापान नेपालका लागि निःस्वार्थ, भरपर्दो र दिगो रूपमा सहयोग गर्ने असल मित्रका रूपमा रहेको बताए । उनले नेपाल–जापान सम्बन्धलाई सुदृढ गर्न जानका कार्यक्रम परिलक्षित रहेका बताए ।

अध्यक्ष भुसालले नेपालको सामुदायिक विकास, भूकम्पलगायत प्राकृतिक विपत्तिमा सहयोग र आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा जापानले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

जानका उपाध्यक्ष किरण रुपाखेतीले जापानको ज्ञान, अनुशासन, कार्यसंस्कृति तथा विकास दर्शनबाट प्रशिक्षित विज्ञहरूको सशक्त सञ्जालका रूपमा जानले विगत पाँच दशकभन्दा बढी समयदेखि काम गरिरहेको बताए । उनले जानले नेपाल र जापानबीचको जीवन्त, दिगो र भरोसायोग्य सेतुको भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

कार्यक्रममा जाइका नेपालका प्रमुख मात्सुजाकी र जानका अध्यक्ष भुसालले नेपाल–जापान मैत्रीसम्बन्ध स्थापना भएको ७० औँ वर्षगाठँको सन्दर्भ पारेर नेपालले जापानबाट सिक्न सक्ने विषयवस्तुबारे बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा जानका आजीवन सदस्य एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा जानका महासचिव शान्तिलक्ष्मी शाक्यले एक वर्षमा भए÷गरेका कामका बारेमा जानकारी गराएकी थिइन् ।

समारोहमा राजदूत माएदाले जानले प्रकाशन गरेको स्मारिका ‘मिलन’को विमोचन गरेका थिए भने स्मारिकामा प्रकाशित आलेखका लेखकलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।

जान जापान र नेपालबीच मित्रता एवं पारस्परिक समझदारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ पाँच दशकअघि स्थापना गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : १९ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो