१२ माघ २०८२, सोमबार | January 26, 2026

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

"मधेस–पहाड जोड्ने चाहनाले सर्लाही–४ बाट उम्मेदवारी दिएँ"



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेको बताएका छन्।

सर्लाही प्रस्थान गर्नुअघि सार्वजनिक गरिएको भिडिओ सन्देशमा सभापति थापाले देशलाई जोड्ने चाहनाले आफू मधेस जाँदै गरेको स्पष्ट पारे। “म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु। काठमाडौंका कथाहरू मधेसमा सुनाउन र मधेसका कथा, व्यथा र पीडाहरू बुझेर काठमाडौं ल्याउन चाहन्छु,” उनले भने।

थापाले मधेससँगको सम्बन्ध औपचारिकतामा मात्रै सीमित हुनु नहुने उल्लेख गर्दै आपसी समझदारी र सम्मानबाट मात्रै सुदृढ राष्ट्रिय एकता सम्भव हुने धारणा राखे। सबैको सम्मान सुरक्षित हुँदा मात्रै नेपालीहरूको सामूहिक सम्मान कायम रहने विश्वास आफूमा रहेको उनले बताए।

‘म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ, तर अधिकार सुनिश्चित नभएसम्म सबैका बीचमा एकता सम्भव हुन्छ भन्ने कुरामा पनि म विश्वास राख्दिनँ,’ उनले भने।

मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका वास्तविक मुद्दा र समस्याहरू बुझ्न सके समग्र नेपालको समस्या समाधानमा योगदान पुग्ने विश्वास रहेको सभापति थापाको भनाइ छ।

पहाडबाट झरेको परिवार पृष्ठभूमि र काठमाडौंमै हुर्किएको जीवनयात्राका कारण मधेससँग चुनावी उम्मेदवारीमार्फत अझ नजिकिन चाहेको उनले बताए। मधेसका आवाज काठमाडौंमा र काठमाडौंका सन्देश मधेसमा पुर्‍याउने आफ्नो उद्देश्य रहेको पनि उनले स्पष्ट पारे।

यस क्रममा उनले काठमाडौं–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै तीनपटक निर्वाचित गरिदिएकोमा धन्यवाद दिए। “एउटा परिवारजस्तै माया सधैं पाएँ। जीवनका महत्वपूर्ण चरणहरू त्यही क्षेत्रमा बिते,” उनले भने।

सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन नगर्नुपर्ने सुझावहरू धेरै आएको स्वीकार गर्दै पनि उनले राष्ट्रिय एकता र अधिकारको सुनिश्चितताका आधारमा आफूले यो निर्णय लिएको स्पष्ट पारे।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ३ : ०७ बजे

सर्लाहीमा गगन थापालाई कांग्रेसी नेता कार्यकताले गरे भव्य स्वागत

सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले

चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको आरोपमा हर्क साम्पाङविरुद्ध उजुरी

धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ