१२ माघ २०८२, सोमबार | January 26, 2026

सर्लाहीमा गगन थापालाई कांग्रेसी नेता कार्यकताले गरे भव्य स्वागत



सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

सोमबार दिउँसो काठमाडौंबाट सिमरा हुँदै सर्लाही पुगेका थापालाई पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर.४ बाट उम्मेदवारी दिएका छन् । उनी आज पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् ।

थापालाई सिमरादेखि रौतहट हुँदै सर्लाही पुग्नेबेलासम्मै स्वागत गरिएको थियो । उनी केही दिन सर्लाहीमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट र छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सर्लाही-४ मा कांग्रेस सभापति थापाको मुख्य प्रतिस्पर्धा पूर्वकांग्रेसी नेता एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बनेका अमरेशकुमार सिंह हुने आंकलन गरिएको छ । सिंह यसै क्षेत्रबाट तीनपटक निर्वाचित भैसकेका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का अभनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनीस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, तथा जनमत पार्टीका राकेशकुमार मिश्रलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : २८ बजे

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौं । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिनी प्रदेशमा जनप्रतिनिधिकै मत बदर

दाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको घोरोहीमा हिजो (आइतबार) सम्पन्न राष्ट्रियसभा

आचारसंहिता उल्लंघन बारे आयोगद्वारा धमाधम स्पष्टीकरण माग, उम्मेदवारहरुले दिएनन् जवाफ

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक