१९ असार २०८३, शुक्रबार | July 3, 2026

सर्लाहीमा गगन थापालाई कांग्रेसी नेता कार्यकताले गरे भव्य स्वागत



सर्लाही । कांग्रेस सभापति गगन थापालाई सर्लाहीमा कांग्रेसी नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।

सोमबार दिउँसो काठमाडौंबाट सिमरा हुँदै सर्लाही पुगेका थापालाई पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर.४ बाट उम्मेदवारी दिएका छन् । उनी आज पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् ।

थापालाई सिमरादेखि रौतहट हुँदै सर्लाही पुग्नेबेलासम्मै स्वागत गरिएको थियो । उनी केही दिन सर्लाहीमै बसेर मतदातासँग प्रत्यक्ष भेटघाट र छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सर्लाही-४ मा कांग्रेस सभापति थापाको मुख्य प्रतिस्पर्धा पूर्वकांग्रेसी नेता एवं हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बनेका अमरेशकुमार सिंह हुने आंकलन गरिएको छ । सिंह यसै क्षेत्रबाट तीनपटक निर्वाचित भैसकेका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का अभनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनीस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, तथा जनमत पार्टीका राकेशकुमार मिश्रलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ४ : २८ बजे

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई