२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस



काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७७ औँ गणतन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा कार्यवाहक राजदूत डा राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । तत्पश्चात ७७ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।

सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम् नातेदारलाई सम्मान गर्नुका साथै रु सात करोड २० लाख बराबरको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो । यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ३८ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात