८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले अध्यक्ष ओलीले दिए भारतीय गणतन्त्र दिवसको शुभकामना



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतीय गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उनले आज ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनतालाई शुभकामना दिएका हुन् । उनले भनेका छन्, “भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४औँ वर्ष (आजादीका अमृत महोत्सव) अर्थात् भारतीय गणतन्त्र दिवसका अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

ट्विटमा उनले गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास गर्दै विकासका मुद्दामा दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ६ : ३८ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले