१२ माघ २०८२, सोमबार | January 26, 2026

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस



काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ७७ औँ गणतन्त्र दिवस मनाइएको छ ।

कार्यक्रममा कार्यवाहक राजदूत डा राकेश पाण्डेले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । तत्पश्चात ७७ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको भिडियो प्रस्तुत गरिएको थियो ।

सो अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवङ्गत सैनिकका श्रीमती र निकटतम् नातेदारलाई सम्मान गर्नुका साथै रु सात करोड २० लाख बराबरको एजीआइएफ (आर्मी ग्रुप इन्स्योरेन्स फन्ड) चेकहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा भएको महत्वपूर्ण प्रगतिलाई समेटिएको भिडियो प्रस्तुत गरिएको थियो । यस अवसरमा राजदूतावासमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरूका साथै नेपाली कलाकारहरूले समेत नृत्य र साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ९ : ३८ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको