२७ भदौ २०८३, शनिबार | September 12, 2026

आट्विनको टोलीद्वारा महिला हिंसा र मानव बेचबिखनका एजेण्डा घोषणापत्रमा समेट्न आग्रह



काठमाडौं । महिला हिंसा र मानव बेचबिखनविरुद्धका एजेण्डालाई आगामी निर्वाचन घोषणापत्रमा समेट्न माग गर्दै आट्विनको टोलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ।

भेटका क्रममा आट्विनको टोलीले महिला तथा बालिकामाथि हुने हिंसा, मानव बेचबिखन, सुरक्षित आप्रवासन, पीडितको संरक्षण तथा न्याय सुनिश्चिततासम्बन्धी विषयमा स्पष्ट नीतिगत प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै लिखित सुझावपत्र संयोजक प्रचण्डसमक्ष बुझाएको थियो।

भेटमा बोल्दै संयोजक प्रचण्डले प्रतिनिधित्व, समावेशीकरणलगायत संविधानले सुनिश्चित गरेका अधिकारहरू आफूहरूले नेतृत्व गरेको संघर्षकै उपलब्धि भएको बताए। उनले यी अधिकारलाई कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न पार्टीले अझ सशक्त रूपमा संघर्ष जारी राख्ने विश्वास दिलाए ।

महिला अधिकार, समानता र सामाजिक न्याय नेपाली कम्युनिष्ट पार्टीको मूल एजेण्डा रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले आट्विनले उठाएका विषयहरूलाई पार्टीको नीति, कार्यक्रम तथा घोषणापत्रमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

आट्विनसँग आबद्ध महिला अधिकारकर्मी तथा अभियन्ताहरूको समूहले संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामै पुगेर भेट गरेको हो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : २६ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा