७ कार्तिक २०८३, शनिबार | October 25, 2026

त्रिशूली किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित, बसभित्र मानव कङ्काल फेला



तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका-५ दोन्द्राङवेसीस्थित त्रिशूली नदी किनारमा भेटिएको ‘गणपति डिलक्स’ बसको उत्खनन कार्य आजदेखि स्थगित गरिएको छ । उत्खनन सुरु भएको १७ औँ दिनमा प्राविधिक र प्राकृतिक जटिलताका कारण काम रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन् ।

रेग्मीका अनुसार बसको केही भाग पानीबाट बाहिर निकालिए पनि बाँकी भाग नदीको गहिरो भागमा गाडिएको तथा धारिलो बहाव र भू-संरचनाका कारण सुरक्षित रूपमा उत्खनन गर्न कठिनाइ भएपछि कार्य अस्थायी रूपमा स्थगित गरिएको हो । “बसको आंशिक भाग निकाल्न सफल भए पनि बाँकी भाग निकाल्न जोखिम बढेपछि सुरक्षा र प्राविधिक मूल्याङ्कनका आधारमा उत्खनन रोकिएको हो,” उनले बताए ।

गत पुस २६ गते त्रिशूली नदी किनारमा उक्त बस भेटिएपछि पुस २७ गतेदेखि निरन्तर उत्खनन कार्य सुरु गरिएको थियो । उत्खननको १६ औँ दिन अर्थात् हिजो बसको भित्री भागबाट मानव कङ्काल फेला परेको थियो । कङ्काल भेटिएपछि घटनाको प्रकृति, पहिचान र सम्बन्धित विवरणबारे थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस उक्त पहिरोमा परी नदीमा हराएको थियो ।

घटनापछि लामो समयसम्म खोजी कार्य गर्दा पनि बस फेला पर्न नसकेपछि खोजी अभियान रोकिएको थियो । तर, करिब छ महिनापछि सोही बस तनहुँतर्फ त्रिशूली नदी किनारमा फेला परेको थियो, जसपछि पुनः उत्खनन कार्य सुरु गरिएको थियो ।

मानव कङ्काल फेला परेपछि घटनाले नयाँ मोड लिएको भन्दै स्थानीय प्रशासनले घटनाको वैज्ञानिक परीक्षण, डीएनए परीक्षण, तथा कानुनी अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ । साथै, आवश्यक प्राविधिक सहयोग र सुरक्षाको सुनिश्चितता भएपछि पुनः उत्खनन कार्य अघि बढाइने प्रशासनको भनाइ छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ६ : ५२ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र