१३ माघ २०८२, मंगलबार | January 27, 2026

प्रतिनिधि सभा सदस्य निर्वाचन : ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकियो



काठमाडौं । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारवशी एवम् विश्वसनीय रूपमा सम्पन्न गर्न भन्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न देशका ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकेको जनाएको छ । गत माघ ४ को राति १२ बजेबाट लागू भएको निर्वाचन आचासंहिता अनुगमन गर्न सबै जिल्लामा आयोगले अनुगमन अधिकृत तोकेको हो ।

जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम सतहत्तर वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई आर्थिक वाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक(फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ८ : ४१ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य