३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

विप्लवलाई प्रचण्डको आग्रह – यताउता भौतारिएर काम छैन आफ्नै घर फर्किनुहोस



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै बृहत् कम्युनिस्ट एकतामा सामेल हुन आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी आएका नेताहरूलाई नेकपामा समायोजन गर्ने क्रममा प्रचण्डले राष्ट्र असाधारण परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनका विभिन्न घटकहरूलाई एकताबद्ध गरी शक्ति आर्जन गर्नुपर्ने आवश्यकता औँल्याए। “कुनै आवेगमा होइन, देशको परिस्थितिलाई ध्यानमा राखेर कम्युनिस्ट आन्दोलनका शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास गरिएको हो,” उनले भने ।

प्रचण्डका अनुसार समाजवादी मोर्चामा रहँदा विप्लवलाई पनि एकतामा ल्याउने पहल अन्तिम चरणमा पुगेको थियो। तर जेनजी आन्दोलनपछि विप्लव नेतृत्व वैचारिक अन्योलको भुमरीमा फसेको जस्तो देखिएको उनको भनाइ थियो। “जेनजी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको अनुभूति भयो,” प्रचण्डले भने, “हामीले पनि आत्मसमीक्षा गर्दै एकताको बाटो रोज्यौं। विप्लव पक्षका लागि अझै अवसर बाँकी छ। वास्तविक घर यही हो, यताउता भौतारिँदा केही हासिल हुँदैन। आत्मसमीक्षा गरेर एकतामा आए हामी स्वागत गर्न तयार छौं।”

देश अहिले असहज अवस्थामा रहेको उल्लेख गर्दै प्रचण्डले एकताबद्ध भएर देशव्यापी अभियानमा नजाने हो भने अर्को दुर्घटनातर्फ जान सक्ने चेतावनी दिँदै उनले यसबाट जोगाउन सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । साथै उनले अन्य कम्युनिस्ट घटकहरूलाई पनि एकताको यात्रामा सामेल हुन आह्वान गरे ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताहरू नेकपामा प्रवेश गरेका थिए।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  २ : ०२ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र