काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका खगेन्द्र सुनारलाई तीन दिने स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारहिता उल्लंघन गरेको विषयमा उम्मेदवार सुनारलाई आयोगले स्पष्टीकरण सोधको हो ।
राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले उक्त आचारसंहिताको उल्लङ्घन हुने कार्य तपाईँबाट भएको हो वा होइन ? भन्दै आयोगले सुनारलाई स्पष्टीकरण सोधेको हो ।
सामाजिक सञ्जालमा सुनारको ‘मटन खान हुने तर गाईको मासु खान किन नहुने ?’ भन्दै गरेको भिडीयो सार्वजनिक भएको थियो ।


















प्रतिक्रिया