३० बैशाख २०८३, बुधबार | May 13, 2026

कोलम्बियाको नोर्टे डे सान्तान्डरमा विमान दुर्घटना, १५ जनाको मृत्यु



काठमाडौं । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण इलाकामा सानो यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।

सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी साटेना (SATENA) द्वारा सञ्चालन गरिएको उक्त विमान दुर्घटनाग्रस्त भएको हो । एयरलाइन्सका अनुसार घटनास्थलमा उद्धार तथा खोजी टोली परिचालन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

दुर्घटनाग्रस्त विमान एचके-४७०९ ले स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ बजे राजधानी कुकुटाबाट ओकानातर्फ उडान भरेको थियो । ओकाना पहाडी क्षेत्रले घेरिएको दुर्गम स्थान भएकाले त्यहाँको हवाई उडानलाई चुनौतीपूर्ण मानिन्छ । सामान्यतया उक्त उडानको समय करिब ४० मिनेट हुने गर्दछ ।

एयरलाइन्सले जारी गरेको विज्ञप्तिअनुसार विमानमा २ जना चालक दलका सदस्य र १३ जना यात्रु सवार थिए । दुर्घटनापछि विमान पूर्ण रूपमा क्षतिग्रस्त भएको र घटनास्थल पुग्न कठिनाइ भएको जनाइएको छ ।

स्थानीय प्रशासनका अनुसार खराब मौसम, पहाडी भूगोल तथा प्राविधिक समस्या दुर्घटनाको सम्भावित कारण हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, दुर्घटनाको आधिकारिक कारणबारे विस्तृत अनुसन्धानपछि मात्रै पुष्टि हुने बताइएको छ ।

कोलम्बिया सरकारले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ७ : ४१ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला